इजरायलमा नेपाली ‘केयरगिभर’का लागि आवेदन खुल्यो, मासिक तलब झण्डै २ लाख

इजरायलमा नेपाली ‘केयरगिभर’का लागि आवेदन खुल्यो, मासिक तलब झण्डै २ लाख

काठमाडौं । इजरायलमा नेपाली ‘केयरगिभर’ का लागि आवेदन खुलेको छ। वैदेशिक रोजगार विभागले मंगलबार सूचना जारी आवेदन खुलेको जानकारी गराएको छ।

सूचनामा २१ दिनभित्र विभागको वेभसाइट https://ferms.dofe.gov.np/israel/login मा अनलाइन आवेदन दिन सकिने उल्लेख छ।

सरकारी संयन्त्र (जीटुजी) मार्फत इजरायलमा कामदार पठाउने सम्झौता भएको थियो।

पहिलो चरणमा १ हजार कामदार लैजाने इजरायलको योजना छ।

यसरी ‘केयरगिभर’मा इजरायल जाने नेपालीले त्यहाँ करिव १ हजार ६ सय अमेरिकी डलर (नेपाली झण्डै १ लाख ९० हजार) तलब पाउने बताइएको छ।

तलबको अतिरिक्त ओभर टाइम र अन्य सेवासुविधा इजरायली सरकारको श्रम नियमअनुसार हुने बताइएको छ।

हप्तामा ६ दिन ४२ घण्टा काम गर्नुपर्ने बताइएको छ।

काम हप्तामा छ दिन गर्नुपर्नेछ। खाना भने कामदार आफैँले व्यवस्था गर्नुपर्नेछ।

बस्ने सुविधा भने रोजगारदाताले विदेशी कामदार सम्बन्धी नियमअनुसार व्यवस्था गर्ने बताइएको छ । सुरुमा करार अवधि १ वर्षको हुनेछ भने त्यसपछि रिन्यू गर्न पाइनेछ । पाँच वर्षसम्म बस्न पाइनेछ।

योग्यता के चाहिन्छ ?

– नेपाली नागरिक २५ वर्ष उमेर पूरा भइ ४५ वर्ष ननाघेको।

– उचाई कम्तिमा १‍‍‌. ५ मिटर (४.९ फिट)।

–शैक्षिक योग्यता कम्तीमा दश कक्षा उत्तीर्ण गरी अनमी वा सीएमए सम्बन्धि विषयमा १५ महिनाको अध्ययन पूरा गरेको अथवा १२ कक्षा वा सो सरहको शैक्षिक योग्यता हासिल गरी सरकारबाट मान्यता प्राप्त प्रशिक्षण केन्द्रमार्फत तालिम लिएको।

–अंग्रेजी भाषमा दक्ष।

–पासपोर्टको म्याद तीन वर्ष बाँकी रहेको हुनुपर्ने ।

–शारीरिक तथा मानसिक रुपमा स्वस्थ र असल चरित्र भएको।