एनआरएनए रसियामा सर्वसहमत कार्यसमिति चयन, नेतृत्व पुनः भुर्तयालको काँधमा

एनआरएनए रसियामा सर्वसहमत कार्यसमिति चयन, नेतृत्व पुनः भुर्तयालको काँधमा

मस्को । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/एनसीसी) रसियामा सर्वसहमत नयाँ कार्यसमिति चयन भएको छ।

आइतबार सम्पन्न संघको साधारण सभाले सिंगो कार्यसमिति नै सहमतिमा चयन गरेको हो।

अधिवेशनले नयाँ कार्यसमितिको अध्यक्षमा पुनः शिवमणि भुर्तयाललाई चयन गरेको छ।

नवगठित समितिको उपाध्यक्षमा केशव तिमिल्सिना, गणेश रामदान र गोविन्द्र आचार्य चुनिएका छन्। यस्तै महासचिवमा इन्द्र भुसाल, सचिवमा सन्देश सिमखडा, कोषाध्यक्षमा किरण राणाभाट र सहकोषाध्यक्षमा हिमाल खनाल निर्वाचित भएका छन्।

नयाँ समितिमा सीताराम कट्टेल ‘मिलन’ ले युवा संयोजक र सरस्वती खनालले महिला संयोजकको जिम्मेवारी पाएका छन्।

यसैगरी निर्वाचित नयाँ कार्यसमिति सदस्यहरुमा अमित कर्ण, संज्ञान कार्की, पार्शुक पोखरेल र यम बहादुर थापा रहेका छन्।
आइसीसी सदस्यमा रामेश्वर गौतम निर्वाचित भएका छन्।

अधिवेशनमा संघका केन्द्रीय उपाध्यक्ष डा. बद्री केसी प्रमुख अतिथिका रुपमा सहभागी थिए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *