एनआरएनए यूएई नेतृत्वमा सिलवालको पनि दावेदारी

दुबई । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/एनसीसी) यूएईको अध्यक्षमा निरजन सिलवालले उम्मेदवारी घोषणा गरेका छन् । सिलवाल वर्तमान कार्यसमितिमा कार्यवाहक अध्यक्षको जिम्मेवारीमा छन् ।
उनले सामाजि सञ्जाल फेसबुकमार्फत संघको आउँदो कार्यकालको लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।
उनले यूएईमा रहेका नेपाली श्रमिकको हकहित र अधिकारका लागि काम गर्ने बताएका छन् । त्यस्तै संघलाई भ्रष्टचारमुक्त बनाउने समेत प्रतिवद्धा अघि सारेका छन्।
यसअघि अध्यक्ष पदकै लागि वर्तमान उपाध्यक्ष पासाङ शेर्पाले पनि उम्मेदवारी घोषणा गरिसकेका छन्।
एनआरएनए यूएईको अधिवेशन ३१ जुलाइमा हुँदैछ।
ताजा अपडेट

प्रवास खबर
क्रिकेटमा फर्किए सन्दीप

प्रवास खबर
सञ्चारमाध्यमलाई उद्योगको मान्यता दिन माग

प्रवास खबर
अमेरिकाका पठाइदिने भन्दै कुवेत पुर्याएपछि…

प्रवास खबर