एनआरएनए हङकङका नवनियुक्त पदाधिकारीले लिए सपथ

एनआरएनए हङकङका नवनियुक्त पदाधिकारीले लिए सपथ

हङकङ । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/एनसीसी) हङकङका नवनियुक्त पदाधिकारीले सपथ लिएका छन्। गोर्कण ढकाल नेतृत्वको नयाँ कार्यसमितिले आइतबार पद तथा गोपनियताको सपथ र पदभार ग्रहण गरेको हो।

हङकङ एनसीसीमा ढकालको नेतृत्वमा सिंगो कार्यसमिति नै निर्विरोध चयन भएको थियो। यसअघि महासचिवको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेका ढकाललाई नेतृत्वमा ल्याउन सर्वपक्षिय सहमति जुटेको थियो। ढकाल गोरखा ग्लोबल समाजका केन्द्रीय वरिष्ठ उपाध्यक्ष समेत हुन्।

पदभार ग्रहण गर्दै नवनियुक्त अध्यक्ष ढकालले एनआरएनए हङकङलाई सबै सदस्यहरुको सहकार्यमा एउटा सशक्त र गतिशिल संस्था बनाउने प्रतिवद्धता व्यक्त गरे।

नवगठित कार्यसमितिको उपाध्यक्षमा विजय कुमार गुरुङ र अनु राई चयन भएका छन् । त्यस्तै महासचिवको जिम्मेवारी डिल्लीराम विश्वकर्मा पाएका छन्।

त्यसैगरी सचिवमा ज्ञानेन्द्र थापा, कोषाध्यक्षमा दिव्य थापा र सहकोषाध्यक्षमा अर्जुन गौचन चुनिएका छन्।

नयाँ कार्यसमितिमा कविता गुरुङले महिला संयोजक र असिम राईले युवा संयोजकको जिम्मेवारी पाएका छन्।

यस्तै सदस्यहरुमा श्याम कुमार श्रेष्ठ, आकाश बञ्जरा, विश्वनाथ घिसिङ, मनिष लिम्बू र सुरेश कलाल थापा निर्वाचित भएका छन्।

हङकङबाट आइसीसी सदस्यमा किसन राई चुनिएका छन् ।

सोही कार्यक्रममा निवर्तमान अध्यक्ष टीका गुरुङ (राधिका) लाई सम्मानसहित विदाइ गरिएको थियो।