एनआरएनए थाइल्याण्डको नेतृत्वमा बस्नेत विजयी

एनआरएनए थाइल्याण्डको नेतृत्वमा बस्नेत विजयी

बैंकक। गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए÷एनसीसी) थाइल्याण्डको अध्यक्षमा भविन्द्र बस्नेत विजयी भएका छन्।

२५ जुलाइमा भएको निर्वाचनमा बस्नेतले निकटतम प्रतिस्पर्धी रविन महर्जनलाई फराकिलो मतले पराजित गरेका हुन् । बस्नेतले कुल मदतानको ८० प्रतिशत मत प्राप्त गरेको बताइएको छ।

थाइल्याण्ड एनसीसीमा अध्यक्ष, महासचिव र सचिव पदमा मात्रै निर्वाचन भएको थियो भने बाँकी पदमा सहमति जुटेको थियो । निर्वाचनबाट महासचिवमा सुवास थापा र सचिवमा श्रीहरी आचार्य विजयी भएका छन् ।