एनआरएनए बहराइनको अध्यक्षमा गिरी विजयी

एनआरएनए बहराइनको अध्यक्षमा गिरी विजयी

मान्मा । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/एनसीसी) बहराइनको अध्यक्षमा पुनः लक्ष्मी गिरी निर्वाचित भएकी छिन् ।

शुक्रवार भएको अनलाइन निर्वाचनमा गिरी निकटम प्रतीद्वन्दी सुवास केसीलाई फराकिलो मतले पराजित गरेकी हुन् । गिरीले ९५६ भोट पाएकी थिइन भने केसी ३०९ भोटमै चित्त बुझाउन बाध्य भए ।

नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा अमर श्रेष्ठ, उपाध्यक्षमा तीर्थ बहादुर भण्डारी र युबराज प्याकुरेल, महिला उपाध्यक्षमा कृष्ण कुमारी गुरुङ, महासचिवमा राजु कुमार श्रेष्ठ, सचिवमा बीरेन्द्र बुढाथोकी, सहसचिवमा कृष्ण प्रसाद गैरे, कोषाध्यक्षमा भावना आचार्य पन्त र सहकोषाध्यक्षमा दिप बिक्रम राना निर्वाचित भएका छन्।

यस्तै महिला संयोजकमा संगीता खत्री र युवासंयोजकमा सन्त कुमार न्यौपाने चयन भएका छन्।

निर्वाचित कार्यकारी सदस्यहरुमा तिलक बहादुर कार्की, दीपक बहादुर दर्जी, सुशीला खत्री, रुद्रमणी उप्रेती, मिना तामाङ फलाम सिंह लामा र सूर्य भण्डारी रहेका छन् ।

आइसीसी सदस्यको जिम्मेवारी दिनेश बहादुर बस्नेतले पाएका छन्।