एनआरएनए फिनल्याण्डमा आचार्यको नेतृत्वमा निर्विरोध कार्यसमिति

एनआरएनए फिनल्याण्डमा आचार्यको नेतृत्वमा निर्विरोध कार्यसमिति

फिनल्याण्ड । गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/एनसीसी) फिनल्याण्डमा निर्विरोध नयाँ कार्यसमिति चयन भएको छ।

शनिवार सम्पन्न संघको सातौं अधिवेशनले शेखर आचार्यको नेतृत्वमा निर्विरोध कार्यसमिति चयन गरेको हो।

नयाँ कार्यसमितिको उपाध्यक्षमा शैलु भट्टराई, सुवास रिजाल, सुनील सुवाल, महासचिवमा दीपक केसी, कार्यकारी सचिवमा लभ उपाध्याय र कोषाध्यक्षमा सच्चिन्द्र रिमाल निर्वाचित भएका छन्।

यस्तै युवा संयोजकमा हरि जंग शाही र महिला संयोजकमा निर्मला खरेल चयन भएका छन्।

त्यसैगरी निर्वाचित कार्यसमिति सदस्यहरुमा विनीत श्रेष्ठ, बिनोद तिमिल्सिना, देवेन्द्र घिमिरे, कल्याण गिरी, किरण पौडेल, मुक्ति पौडेल, निरुषा खत्री, राजन भण्डारी, शारदा कँडेल, सिर्जना न्यौपाने, सुजन पराजुली र सुमीत्रा रिजाल रहेका छन्।

अधिवेशनले आइसीसी सदस्यमा प्रकाश पोखरेल चुनिएका छन्।