एनआरएनए अष्ट्रीया अध्यक्ष चौलागाईविरुद्ध स्थानीय प्रहरीमा उजुरी

एनआरएनए अष्ट्रीया अध्यक्ष चौलागाईविरुद्ध स्थानीय प्रहरीमा उजुरी

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रीयाका अध्यक्ष विनोद चौलागाईविरुद्ध स्थानीय प्रहरीमा उजुरी परेको छ। उनलाई अपरचित व्यक्तिले एनआरएनएमा किर्ते विल पेश गरेको भन्दै प्रहरीमा उजुरी गरेका हुन्।

अष्ट्रीयामा प्रहरीमा उजुरी गर्ने व्यक्तिले आफ्नो परिचय गोप्य राख्न पाउने प्रावधान छ। यही छुटको प्रयोग गर्दै उनीविरुद्ध संस्थामा किर्ते विल प्रयोग गरेर आर्थिक अनिमियता गरेको आरोपमा उजुरी दिइएको हो।

चौलागाईले भने आफूलाई फसाउन नियोजित ढंगले कार्यसमितिकै एक समूह लागेको बताएका छन्। ‘मलाई केही व्यक्तिले फसाउन खोजेका हुन् । तर, म ढुक्क छु । मैले कुनै त्यस्तोे किर्ते काम गरेको छैन्,’ उनले भने प्रवास खबरसँग टेलिफोन कुराकानीमा भने।

आफूलाई प्रहरीले २५ जुलाइमा यसबारे सोधपुछका लागि बोलाएको उनले बताए । ‘अनुसन्धानमा दोषी ठहरिए मलाई फौजीदारी अभियोग लाग्छ । गल्ती प्रमाणित भए कारवाही भोग्न तयार छु,’ उनले भने,‘मैले केही गल्ती गरेको छैन् । गल्ती नभएपछि सफाइ पाउँछु भन्नेमा शतप्रतिशत ढुक्क छु ।’ सफाइ पाएपछि आफूविरुद्ध उजुरी गर्ने व्यक्तिबारे प्रहरीले जानकारी दिने उनको भनाइ छ।

चौलागाईका अनुसार अष्ट्रीया एनसीसीको यसअघिको हिसाव तथा कर चुक्ता गर्नकोे लागि संघले स्थानीय एजेन्सीसँग साहयता लिएको थियो । सो एजेन्सीले संघलाई ५ वर्षसम्म सहयोग गर्ने जिम्मा लिएको थियो । जसवाफत संघले प्रत्येक वर्ष ५ सय यूरोको दरले एजेन्सीलाई बुझाउनु पर्दथ्यो । सोही वापत आफूले उक्त एजेन्सीलाई २ हजार यूरो बुझाएको बताए।

यसैलाई किर्ते विल भनेर उनीहरुले प्रहरीमा उजुरी गरेको चौलागाँइको भनाइ छ । उनले सो एजेन्सीका प्रतिनिधिसँग साथमै गएर प्रहरी कार्यालय स्पष्टीकरण दिने बताए।

चौलागाँईले आगामी कार्यकालको लागि आइसीसी सदस्यमा उम्मेदवारी समेत घोषणा गरेका छन्।