एनआरएनए सेसेल्समा मनोज बिकको नेतृत्वमा निर्विरोध कार्यसमिति चयन

एनआरएनए सेसेल्समा मनोज बिकको नेतृत्वमा निर्विरोध कार्यसमिति चयन

सेसेल्स । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/एनसीसी) सेसेल्समा नयाँ कार्यसमिति चयन भएको छ।

बिहिवार सम्पन्न साधारण सभाले मनोज बिकको नेतृत्वमा आगामी कार्यकाल २०२१–०२३ को लागि निर्विरोध नयाँ कार्यसमिति चयन गरेको हो।

नयाँ कार्यसमितिको उपाध्यक्षमा हर्कबहादुर रोका, रामचन्द्र राई, महिला उपाध्यक्षमा खेशना लिम्बू, महासचिवमा बलराम सिटौला, सचिवमा राम बगाले, कोषाध्यक्षमा छवि श्रेष्ठ, र सहकोषाध्यक्षमा भीम बहादुर भोलान निर्वाचित भएका छन्।

यस्तै रुप थापालाई युवा संयोजक र गंगा भुजेललाई महिला संयोजकको जिम्मेवारी दिएको छ । अधिवेशनले प्रवक्तामा ठगेन्द्र घर्तीमगरलाई चयन गरेको छ । कार्यसमिति सदस्यमा विश्वनाथ चापागाँई चयन भएका छन्।

लेखा समितिमा विशाल गुरुङ, कुमार सार्की, सुशील देउवा, गंगा विश्वकर्मा चयन भएका छन्।

यस्तै अधिवेशनले विभिन्न आइल्याण्डहरुमा संयोजक समेत तोकेको छ । जसमा पंकज श्रेष्ठ (माहे), सागार थापा (प्रासलिन), अनिष तामाङ (लादिग), मोहन मगर (फिलिसिती) र रोशन हितने (फ्रिगेट) रहेका छन्।

अधिवेशनले कृष्ण बहादुर श्रेष्ठ, एकराज सुवेदी, गणेश खड्का, ताराप्रसाद पराजुली,दुर्गाबहादुर थापा खोमलाल इटनी  र हरी चेम्जोग्ङलाई सल्लाहकारमा चयन गरेको छ।