यूएई : पैदल यात्रीलाई प्राथमिकता नदिएको आरोपमा ४ हजार १३८ सवारीचालक कारवाहीमा

दुबई । यूएई प्रहरीले ट्राफिक नियम उल्लंघन गर्ने सवारीचालकलाई कारवाही गरेको छ।
२०२१ को शुरुका ६ महिनामा प्रहरीले ४ हजार १ सय ३८ जना सवारी चालकलाई कारवाही गरेको छ। जेब्रा क्रसिङमा पैदल यात्रीलाई प्राथमिकता नदिएको आरोपमा उनीहरुलाई जरिवाना तिराएको हो।
त्यसरी नियम उल्लंघन गर्ने सवारीचालकलाई कारवाही स्वरुप ५ सय दिराम जरिवानाका साथै उनीहरूको लाइसेन्समा छ वटा काला धब्बाहरु लगाइदिने गरिएको बताइएको छ।
#أخبارنا | #شرطة_أبوظبي : “4138” مخالفة عدم إعطاء أولوية للمشاة في أبوظبي خلال 6 أشهر
التفاصيل : https://t.co/OO0HfGnoiK#أخبار_شرطة_أبوظبي#درب_السلامة pic.twitter.com/O2MzCS0DmS
— شرطة أبوظبي (@ADPoliceHQ) July 22, 2021
त्यस्तै, प्रहरीले ट्राफिकमा राखिएको सीसी क्यामेराको भिडियो पनि सार्वजनिक गरेको, र सो भिडियोबाट कस्ले नियम उल्लंघन गरेको छ भन्ने स्पष्ट देख्न सकिने समेत बताइएको छ।
यूएईको कानुनमा पैदल यात्रीहरुले सडक पार गर्दा सवारी चालकहरुले क्रसिङमा आफ्नो सवारी रोक्नुपर्ने कुरा उल्लेख गरिएको छ।