कुवेतको अवैध मदिरा मदिरा उद्योगमा छापा, तीन पक्राउ

कुवेतको अवैध मदिरा मदिरा उद्योगमा छापा, तीन पक्राउ

कुवेत सिटी । कुवेतको एक ठूलो अवैध मदिरा कारखानामा प्रशासनले छापा मारेको छ । त्यहाँबाट ठूलो परिमाणमा अवैध मदिरा बरामद गरिएको छ।

गृह मन्त्रालय अहमादी इलाका र अहमादी नगरपालिकाले फहहील क्षेत्रमा रहेको एक मदिरा कारखानामा संयुक्त रुपमा छापा मारेका थिए।

छापा मार्ने क्रममा मदिरा उत्पादनमा संलग्न तीन जनालाई पक्राउ गरिएको स्थानीय सञ्चार माध्यमले जनाएका छन्।

सो क्रममा ठूलो परिमाणमा मदिरा बरामद गर्नुका साथै मदिरा उत्पादन गर्न प्रयोग हुने उपकरणहरुसमेत बरामद गरेको बताइएको छ।

त्यहाँ छापा मार्ने क्रममा मदिराहरु तयार गरी बिक्री वितरण गर्नको लागि राखिएको अवस्थामा भेटिएको बताइएको छ।

पक्राउ परेका ती तीन जनाको राष्ट्रियता खुलाइएको छैन तर, उनीहरु एसियन मुलका रहेको बताइएको छ।

कुवेतमा पछिल्लो समय स्थानीय प्रशासनले अवैध मदिरा उत्पादन गर्ने गिरोहविरुद्व ठूलो कारवाही थालेको छ।

छापा मार्दा यसअघि अवैध मदिरा उत्पादन र विक्रिवितरणमा संग्लन रहेको आरोप दर्जनौं नेपाली  पक्राउ समेत परेका थिए।



No ads found for this position