भिसा सकिएपनि नेपाली श्रमिक साउदी फर्किन पाउने

भिसा सकिएपनि नेपाली श्रमिक साउदी फर्किन पाउने

रियाद । साउदी अरबबाट बिदामा नेपाल गएका तर, कोरोना महामारीका कारण फर्किन नपाएका श्रमिकको आवासीय अनुमतिपत्र (भिसा) म्याद स्वतः नविकरण हुने भएको छ।

भिसाको म्याद सकिएपनि उनीहरुले सहजै साउदीमा प्रवेश पाउनेछन्।

साउदी अरब सरकारको पासपोर्ट विभाग महानिर्देशनालयले कोभिडका कारण साउदी अरब फर्कन नपाएका श्रमिकको आवासीय अनुमतिपत्रको म्याद ३१ अगष्टसम्म स्वतः थप गरिने बताएको छ।

यसमा कुनै अतिरिक्त शुल्क समेत नलाग्ने बताइएको छ ]।