कुवेतमा नेपाली महिलाद्वारा झुण्डिएर आत्महत्या

कुवेतमा नेपाली महिलाद्वारा झुण्डिएर आत्महत्या सांकेतीक तस्वीर

कुवेत सिटी । कुवेतमा एक नेपाली महिलाले आत्महत्या गरेकी छिन्।

घरेलु महिलाको रुपमा कार्यरत ती महिलाले आफू बस्ने कोठामा रहेको पंखाको सिलिङमा झुण्डिएर आत्महत्या गरेकी हुन्।

प्रहरीलाई उदृध गर्दै स्थानीय मिडियाले जनाएअनुसार ती महिलाले साल्मियामा रहेको घरमालिकको अपार्टमेन्टमो आत्महत्या गरेकी हुन्।

उनका मालिक लेवनानी नागरिक भएको बताइएको छ । प्रहरीलाई घरमालिकले नै खबर गरेका थिए।