कोरोनाविरुद्ध लड्न कुवेतबाट पठाइयो अक्सिजन कन्सन्ट्रेटरसहित स्वास्थ्य सामाग्री

कुवेत सिटी । कुवेतले नेपाललाई कोरोनाविरुद्ध लड्न स्वास्थ्य सामाग्री पठाएको छ।
कुवेतस्थित नेपाली दूतावासको समन्वयमा कुवेतको केआरसीएसबाट सहयोग प्राप्त स्वास्थ्य सामाग्री नेपाल पठाइएको राजदूत दुर्गाप्रसाद भण्डारीले प्रवास खबरलाई जानकारी दिए।
कोभिडको उपचारमा प्रयोग हुने पोर्टेवल अक्सिजन कन्सन्ट्रेटर्र, पेशेन्ट मोनिटर, मेडिकल भेन्टिलेटर, टेबलसहितको हस्पिटल बेड, पल्स ओक्सिमिटर, भाइटल साइन्स मोनिटर, पीपीइलगायत स्वास्थ्य सामाग्री तथा उपकरण पठाइएको हो।
राजदूत भण्डारीका अनुसार ती स्वास्थ्य सामाग्री तथा उपकरण मंगलबार जजिरा एयरलाइन्समार्फत काठमाडौं पठाइएको हो । स्वास्थ्य सामाग्री आजै स्वास्थ्य मन्त्रालयमा हस्तान्तरण गरिनेछ।
ताजा अपडेट

प्रवास खबर
आजबाट आईपीएल सुरु

प्रवास खबर
भारतबाट घर फर्किनेमा देखिन थाल्यो कोरोना

प्रवास खबर
श्रम स्वीकृति अब स्थानीय तहबाटै

प्रवास खबर
४३ सयभन्दा बढी अफगान शरणार्थी घर फर्किए

प्रवास खबर