एनआरएनए पोल्याण्डमा केसी समूहका उम्मेदारको ‘क्लिन स्विप’

एनआरएनए पोल्याण्डमा केसी समूहका उम्मेदारको ‘क्लिन स्विप’

पोल्याण्ड । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनएर/एनसीसी) पोल्याण्डकोे निर्वाचनमा जीवन केसीले नेतृत्व गरेको समूहका उम्मेदवारले ‘क्लिन स्विप’ गरेका छन्।

सोमबार भएको निर्वाचनमा अध्यक्ष पदमा केसीले आफ्ना निकटतम प्रतिस्पर्धी मित्रलाल पार्देलाई फराकिलो मतले पराजित गरेका हुन् । प्रतिस्पर्धी पार्देले प्राप्त गरेको १२८ मतलाई ९१ भोटले उछिन्दै केसीले २१९ मत प्राप्त गरेका थिए।

आइसीसी सदस्यमा गोपाल राईले २३५ मत ल्याएर विजयी भए। राईका प्रतिस्पर्धी टोप बहादुर गैरे क्षेत्रीले भने १११ मत प्राप्त गरे।

यसैगरी उपाध्यक्षमा केसी समुहकै कविन्द्र सुवेदी विजयी भएका छन् । उनले २२२ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी भिम परियारले १२३भोट ल्याएका थिए । यस्तै महासचिवमा पवन खड्का विजयी भए । खड्काले २०४ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी सुसन परियारले १३१ मत ल्याएका थिए।

त्यस्तै सचिवमा कुलबहादुुर श्रेष्ठले २०५ मत प्राप्त गरी विजयी भएका छन् । सचिव पदकै अर्का उम्मेदार उदय राज गिरीले १४१ मतमा चित्त बुझाउन वाध्य भए।

यसैगरी कोषाध्यक्षमा अनिल थापा विजयी भएका छन्। उनले २२४ भोट प्राप्त गरे भने उनका निकट प्रतिस्पर्धी सुरेन्द्र प्रसाद आचार्यले ११८ भोट पाए।

त्यस्तै युवा संयोजकको जिम्मेवारी विवेक पौडेलले पाएका छन् । पौडेले प्रतिस्पर्धी आशिष श्रेष्ठको ११३ भोटकाविरुद्ध २२७ भोट ल्याए।

कार्यसमिति सदस्यमा झबिन्द्र गाहा २०४, विक्रम महर्जन, १८८, र भिमलाल उपाध्याय (विदुर) १८८ मत ल्याएर विजयी भएका छन्।

प्रथम उपाध्यक्षमा प्रकाश तिवारी र महिला संयोजकमा गंगा पौडेल यसअघि नै निर्विरोध चयन भएका थिए। विजयी हुने  सबै केसी समूहकै उम्मेदवार हुन्।

४८२ सदस्य संख्याको रहेको एनसीसी पोल्याण्डमा ३४९ जना मतदानमा सहभागि थिए ।