कतारको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ कलाकृति

दोहा । हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ कलाकृति सार्वजनिक रुपमा स्थापित गरिएको छ।
डच कलाकार टम क्लासेनले बनाएको कलाकृति कतारको राष्ट्रिय चरो बाज (फाल्कोन) लाई प्रस्थान टर्मिनलको अगाडिपट्टि स्थापित गरिएको हो।
‘हामी टम क्लासेनद्वारा निर्मित कतारको राष्ट्रिय चरोको प्रतिक ‘फाल्कोन’लाई स्थापित गर्न पाउँदा साह्रै खुसी छौं,’ कतार म्यूजियमका अध्यक्ष शिख अल–मयसा बिन्ट् हमाद हमाद बिन खालिफा अल–थानीले सामाजिक सञ्जालमा पोष्ट गर्दै भनेकी छन्।
विश्वका अन्य देशका विमानस्थलमा पनि यसरी प्रतिक चिन्हको स्थापना गर्ने प्रचलन रहँदै आएको छ।
क्लासेन एयरपोर्टको प्रस्थान हलमा राखिएको ‘एट ओरिक्स्’ लगायत अन्य कलाकृतिहरूको लागि समेत प्रख्यात छन् ।
No ads found for this position