साउदी अरबमा युवायुवतीलाई विहे गर्न साढे ३७ लाख रियाल आर्थिक साहयता

रियाद । साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानले राज्यभरका २ सय जना वयस्क पुरुष तथा महिलालाई ३७ लाख ४० हजार साउदी रियाल ‘म्यारीज ग्रान्’, (विवाह सहयोग) को रुपमा वितरण गर्न निर्देशन दिएका छन्।
विशेष परिस्थिति भएका अनाथ र अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोग गर्ने उद्देश्यले सो रकम वितरण गर्न लागिएको बताइएको छ।
२०१९ मा पनि राजकुमारका तर्फबाट यसैगरी २६ हजारभन्दा बढी व्यक्तिहरुलाई ५२ करोड साउदी रियाल भन्दा बढी रकम वितरण गरिएको थियो। उनीहरुलाई आर्थिक सजकता सम्बन्धि तालिम पनि प्रदान गरिएको बताइएको छ।
ताजा अपडेट

प्रवास खबर
बेलायतमा चुरोट माथी प्रतिबन्ध लगाउने तयारी

प्रवास खबर