एनआरएनए कंगोमा निर्विरोध नयाँ कार्यसमिति, नेतृत्वको जिम्मेवारी पुन : क्षेत्रीलाई

एनआरएनए कंगोमा निर्विरोध नयाँ कार्यसमिति, नेतृत्वको जिम्मेवारी पुन : क्षेत्रीलाई

कंगो । गैरआवासीय नेपाली, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/एनसीसी) कंगोमा निर्विरोध नयाँ कार्यसमिति चयन भएको छ। आइतबार नेपाली होटल शिवसागर सम्पन्न भएको संघको दोस्रो राष्ट्रिय अधिवेशनले आगामी कार्यकालको लागि सिंगो कार्यसमिति नै  सर्वसहमतिमा चयन गरेको हो।

नयाँ समितिमा नेतृत्वको जिम्मेवारी पुनः अमृत क्षेत्रीलाई दिइएको छ। दुई वर्षे कार्यकाल सफलतापूर्वक निर्वाह गरेका क्षेत्रीलाई पुनः निर्विरो अध्यक्षको जिम्मेवारी दिइएको हो। क्षेत्री कंगोमा सफल नेपाली व्यवासायी हुन्।

त्यस्तै नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा पुनदेव पासवान (राजु), वरिष्ठ उपाध्यक्षमा हेमराज पाण्डे (गणेश), उपाध्यक्ष्मा जीवन भण्डारी, महासचिवमा दिवाकर अधिकारी, सचिवमा खड्ग बहादुर भुजेल, कोषाध्यक्षमा रामबहादुर खत्री र सहकोषाध्यक्षमा सञ्जय हमाल निर्विरोध निर्वाचित भएका छन् ।

यसैगरी अधिवेशनले ओमनारायण अधिकारीलाई संयोजक, विक्रम कुमार पाण्डेलाई युवा संयोजक र खुस्बु मेहेतालाई महिला संयोजकको जिम्मेवारी दिएको छ।

निर्वाचित कार्यसमिति सदस्यहरुमा मिलन गुरुङ, शुक्रराज कामी, मन बहादुर रावत मोहन विष्ट, शुरेश खड्का, भानदेव भट्ट, दिनेश कुमार गैरे, दिपक सुनार र खडक बहादुर सुनुवार रहेका छन्।

यस्तै विष्णु प्रसाद भण्डारीले आइसीसी सदस्य र आशिष परियारले प्रवक्तको जिम्मेवारी पाएका छन् ।