एनआरएनएको विश्व सम्मेलन मिति तय, निर्वाचन अनलाइनबाट

एनआरएनएको विश्व सम्मेलन मिति तय, निर्वाचन अनलाइनबाट

काठमाडौं । गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/आइसीसी) को दशौं विश्व सम्मेलन आगामी २३–२५ अक्टोबर ९२०७८ कात्तिक ६–८० मा हुने भएको छ ।

शनिबार सम्मपन्न संघको ७८ औं बैठकले दशौं एनआरएन ग्लबोद सम्मेलन र साधरणसभाको मिति तय गरेको हो।

बैठकले अध्यक्ष कुमार पन्तको संयोजत्वमा सम्मेलन आयोजक समिति समेत गठन गरेको छ।

त्यस्तै बैठकले आगामी कार्यकालको लागि हुने निर्वाचन अनलाइन प्रणालीबाट गर्ने निर्णय गरेको छ । निर्वाचनमा भाग लिने प्रतिनिधिको शुल्कसमेत शून्य कायम गरिएको अध्यक्ष पन्तले बताए।

यसअघि निर्वाचनमा सहभागी हुने प्रतिनिधिले संघले तोकेको शुल्क तिर्नुपर्ने प्रावधान थियो । यसअघिका निर्वाचनमा मलेसिया तथा मध्यपूर्वका प्रतिनिधिले १ सय अमेरिकी डलर तिर्नु पर्दथ्यो भने, अन्य क्षेत्रका प्रतिनिधिको शुल्क २ सय डलर कायम गरिएको थियो।

यस्तै बैठकले निर्वाचनका लागि उम्मेदवार मनोनयन शुल्क सन् २०१९ को निर्वाचनमा तोकिएबमोजिमकै कायम गर्ने निर्णय गरेको पन्तको भनाइ छ।

बैठकले संघको निर्वाचनसम्बन्धी नियमावली, एनआरएन फाउण्डेशन, आर्थिक नियमावलीलगायतका विभिन्न १९ नियमावली संशोधन गरेको पन्तले बताए।

यस्तै बैठकले आर्थिक वर्ष २०७८-७९ को बजेटसमेत पारित गरेको छ।