यूएईमा मौसम बिग्रने पुर्वानुमान, सवारी चालकलाई सतर्क रहन प्रहरीको आग्रह

आबुधाबी । आबुधाबी प्रहरीले सवारी चालकहरुलाई सुरक्षित तरिकाले सवारी चलाउन अनुरोध गरेको छ।
आउँदा केही दिनमा यूएईमा मौसममा खराबी आउने पूर्वानुमानसँगै आबुधाबी प्रहरीले सवारी साधन सुरक्षित तरिकाले हाँक्नको लागि आग्रह गरेको हो।
प्रहरीले शुक्रबार जारी गरिएका विज्ञप्तिमा सवारी साधनको गति ८० किलोमिटर प्रति घण्टाभन्दा नबढ्ने गरी कायम गर्न आग्रह गरिएको छ।
View this post on Instagram
त्यस्तै, सुरक्षित दूरी कायम गर्न, मौसम पूर्वानुमानसँग अद्यावधिक रहन, र सावधानीका उपायहरु अवलम्बन गर्न समेत अनुरोध गरिएको छ।
मौसम पूर्वानुमानले केही दिन यूएईमा हुस्सु लाग्ने,अत्याधिक धुलो उड्ने एवं वर्षात समेत हुनसक्ने बताएको छ।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर