एनआरएनए कुवेतमा निर्विरोध नेतृत्व चयन

एनआरएनए कुवेतमा निर्विरोध नेतृत्व चयन

कुवेत सिटी । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/एनसीसी) कुवेतमा निर्विरोध नेतृत्व चयन भएको छ ।

अध्यक्ष पदको लागि भएको मनोनयमा एक जनाले मात्रै उम्मेदवारी दर्ता गरेपछि निर्विरोध नेतृत्व चयन भएको छ ।

निर्वाचन आयुक्त सुजन केसीका अनुसार संघको आउँदो २०२१–०२३ कार्यकालको अध्यक्षमा रानाध्वज लामाको मात्रै मनोनय दर्ता भएको छ । एकल उम्मेदवारी परेपछि लामाको अध्यक्ष पद सुनिश्चित भएको हो ।

लामा वर्तमान कार्यसमितिमा उपाध्यक्षको जिम्मेवारीमा छन् ।

निर्वाचन समितिले प्रकाशित गरेको नामावली अनुसार युवा संयोजक बाहेक सबै पदमा दोहोरो उम्मेदवारी परेको छैन् ।युवा संयोजकमा नवराज पराजुली र दामोदर बटालाको उम्मेदवारी परेको छ । यद्यपि निर्वाचन समितिले शुक्रबार साँझ ५ बजेसम्म दावी विरोध, उजुरी तथा उम्मेदवारी फिर्ताको लागि अन्तिम समय तोकेको छ।

एनसीसी कुवेतको ७ औं राष्ट्रिय महाधिवेशन २३ जुलाइमा हुँदैछ ।