मलेसियामा जेल सजाय भुक्तान गरेका २४ नेपाली शनिबार फर्किदैँ

मलेसियामा जेल सजाय भुक्तान गरेका २४ नेपाली शनिबार फर्किदैँ File Photo

क्वलालम्पुर । मलेसियामा विभिन्न मुद्धामा जेल सजाय भुक्तान गरेका २४ नेपाली शनिबार बिहान नेपाल फर्किने भएका छन्। उनीहरूलाई मलेसियाली सरकारले घरफिर्ती केन्द्र (डिटेन्सन सेन्टर) बाटै नेपाल फर्काउन लागेको हो।

उनीहरू नेपाल बायुसेवा निगमको जहाजबाट स्वदेश फर्किन लागेका हुन्।

क्वालालम्पुरस्थित नेपाली दूतावासका द्धितिय सचिव प्रेमबहादुर बुढथापाका अनुसार दूतावासले गैरआवासीय नेपाली संघ (एनआरएनए) र तथा प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी) सँग समन्वय गरेर उनीहरूलाई देश फर्काउन लागेको हो। रिहाइको लागि पनि दूतावासले कानूनी सहयोग उपलब्ध गराएको थियो।

यस्तै, २१ जुलाईमा पनि सजाय भुक्तान गरेर घरफिर्ती केन्द्रमा रहेका १६ नेपाली घर फर्किदै छन्। २४ र २७ जुलाईमा पनि घरफिर्ती केन्द्रबाट केही नेपाली घर फर्किन लागेको द्धितिय सचिव बुढथापाले बताए।

 



No ads found for this position