एनआरएनए स्वीडेनको नयाँ कार्यसमिति सर्वसहमत चयन, अध्यक्षमा पाठक

एनआरएनए स्वीडेनको नयाँ कार्यसमिति सर्वसहमत चयन, अध्यक्षमा पाठक

स्वीडेन । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एआरएनए/एनसीसी) स्वीडेनको नयाँ अध्यक्षको जिम्मेवारी राजकुमार पाठक (ओमशन) ले पाएका छन् । संघको आगामी २०२१–०२३ कार्यकालका लागि पाठकले निर्विरोध नेतृत्वको जिम्मेवारी पाएका हुन् ।

वर्तमान कार्यसमितिमा महासचिव रहेका पाठकको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन भएको हो । मनोनयन दर्ताका क्रममा दोहोरो उम्मेदवारी नपरेपछि सबै सर्वसम्म भएको निर्वाचन समिति संयोजक बद्री शर्माले जानकारी दिए ।

उनका अनुसार वर्तमान अध्यक्ष दिनेश श्रेष्ठ आइसीसी सदस्यमा चुनिएका छन्।

नयाँ कार्यसमितिको उपाध्यक्षमा विजय प्रधान, महासचिवमा गंगा घिमिरे, सचिवमा लोकेन्द्र खड्का र कोषाध्यक्षमा प्रविण श्रेष्ठ निर्वाचित भएका छन्।

नयाँ कार्यसमितिमा राजेन्द्र तामाङले युवा संयोजक र जानुका एण्र्डसनले महिला संयोजकको जिम्मेवारी पाएका छन्।

निर्विरोध निर्वाचित कार्यसमिति सदस्यहरुमा पुनम राई, रमा श्रेष्ठ, नरेश भण्डारी, राजन महर्जन र विवेक केसी रहेका छन् । एक सदस्यको पद रिक्त राखिएको छ, जुन नयाँ कार्यसमितिले मनोनित गर्ने बताइएको छ।

संघको अधिवेशन २४ जुलाइमा हुँदैछ । नयाँ कार्यसमितिको औपचारिक घोषणा अधिवेशनको दिन गरिने संयोजक शर्माले बताए।

स्वीडेनमा २३४ जनाले एनआरएनएको सदस्यता लिएका छन् ।