एनआरएनए कंगोको अधिवेशन १८ जुलाइमा

एनआरएनए कंगोको अधिवेशन १८ जुलाइमा

काठमाडौं । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/एनसीसी) डिआरसी कंगोको अधिवेशन १८ जुलाइमा हुने भएको छ ।

अधिवेशनले आउँदो कार्यकाल २०२१–०२३ का लागि नयाँ कार्यसमिति चयन गर्नेछ।

अधिवेशन आउँदो आइतबार साढे १२ बजेदेखि नेपाली होटल शिवसागरमा हुने संघले जनाएको छ।

आगामी कार्यकालको लागि उम्मेदारी दिन चाहानेलाई संघले १६ जुलाइसम्म उम्मेदवारी दर्ता गराउन अनुरोध गरेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *