रक्सीको कारण क्यान्सर हुने देशको सूचीमा मंगोलिया अगाडी, कुवेतको अवस्था राम्रो

रक्सीको कारण क्यान्सर हुने देशको सूचीमा मंगोलिया अगाडी, कुवेतको अवस्था राम्रो

काठमाडौं। मद्यपान सेवन क्यान्सर रोगको थुप्रै कारण बन्न थालेको छ। गत वर्ष क्यान्सरको समग्र तथ्यांकमा ७ लाख ४१ हजार ३ सय अर्थात ४ प्रतिशत व्यक्तिलाई रक्सी सेवनका कारण क्यान्सर भएको रिपोर्ट हालै सार्वजनिक भएको छ। रिपोर्टमा २५ क्यान्सर पीडितमध्ये एक जना अत्याधिक रक्सी सेवनका कारण क्यान्सर पिडित बनेका थिए।

मद्यपानलाई लिएर हालै भएको एउटा रिसर्चमा अधिकांशमा लिभर, इसोफेगस र ब्रेस्ट क्यान्सर भेटिएको छ।

साइन्स जर्नल लेसेन्ट आन्कोलोजीमा प्रकाशित रिसर्चका अनुसार क्यान्सरसँग रक्सीको जोडिएको सम्बन्धलाई बुझन् वैज्ञानिकले २ सयभन्दा बढी देशमा रक्सीको विक्री तथा त्यहाँको मेडिकल रिपोर्टको अध्ययन गरेका थिए। रिपोर्टअनुसार २०१० देखि रक्सीको खपत र अन्य तथ्यांकलाई २०२० मा क्यान्सरको घटनासँग जोडेर अध्ययन गरिएको थियो।

यो सूचीमा मंगोलिया सर्वाधिक रक्सी खपत हुने देशमा परेको छ। यसमा बेलायत ३८ स्थान तथा कुवेत सबैभन्दा तल छ।

मंगोलियामा हरेक १० बिरामीमध्ये एक जना रक्सीको कूलतमा फसेका मानिस भेटिएका छन्। रक्सी प्रतिबन्ध गरेको कुवेत रक्सीसँग जोडिएको क्यान्सरको मामिलामा निकै सुध्रिढ देखिन्छ। यहाँ रक्सीको कारण क्यान्सर भएका विरामीको संख्या शुन्य बराबर मानिएको छ।

विश्वस्तरमा पुरुषको तुलनामा महिलाको अवस्था निकै राम्रो छ। पुरुषको तुलनामा महिलाले रक्सी सेवन कमगर्ने कारण यस्तो नतिजा आएको वैज्ञानिकले बताएका छन्।

रिपोर्टअनुसार बेलायत, ब्राजिल र जर्मनीमा ४ प्रतिशत व्यक्ति मद्यपानबाट हुने क्यान्सरबाट पिडित छन्। यस्तै, भारतमा ५ प्रतिशत अर्थात ६२ हजार १ सय र चीनमा ६ प्रतिशत २ लाख ८२ हजार ३ सय मानिस रक्सीबाट हुने क्यान्सरबाट पिडित रहेको बताइएको छ।



No ads found for this position