बहराइनको ‘रेड लिष्ट’ मा नेपाल यथावत, नेपाली श्रमिक अन्यौलमा

बहराइनको ‘रेड लिष्ट’ मा नेपाल यथावत, नेपाली श्रमिक अन्यौलमा

मान्मा। बहराइन सरकारले नेपाललगायत २१ देशलाई ‘रेड लिस्ट’ सूचीमा राखेको छ। नेपाललाई यसअघि नै ‘रेड लिस्ट’ सूचीमा राखेको थियो। यसलाई बहराइन सरकारले यथावत राखेको हो।

कोभिड रोकथामको लागि गठन गरिएको राष्ट्रिय मेडिकल टाक्सफोर्सले हालै सार्वजनिक गरेको प्रतिवेदनमा नेपाल लगायत २१ देशलाई उच्च जोखिममा राखेको हो।

बहराइनले नेपालसहित ५ देश भारत, पाकिस्तान ,श्रीलंका र बङ्गलादेशलाई पहिलेदेखि नै ‘रेड लिस्ट’ को सूचीमा राख्दै आएको छ। यी देशसहित हाल मोजाम्बिक, म्यानमार, जिम्बाब्वे, मंगोलिया, नामिबिया, मेक्सिको, ट्युनिसिया, इरान, दक्षिण अफ्रिका, इन्डोनेसिया, इराक, फिलिपिन्स, पानामा, मलेसिया, युगान्डा र डोमिनिकन रिपब्लिकलाई पनि उच्च जोखिममा राखेको हो।

सरकारले जारी गरेको सूचनाअनुसार २१ देशबाट सोझै वा पछिल्ला १४ दिनमा ती देशलाई ‘ट्रान्जिट प्वाइन्ट’ बनाएर यात्रा गर्ने यात्रीको हकमा यो प्रतिबन्धित व्यवस्था जारी गरिएको हो।

रेड लिष्टमा उल्लेख गरिएभन्दा बाहेक अन्य देशबाट आउने यात्रीको सन्दर्भमा अन्य नियम यथावत् रहेको बताइएको छ।



No ads found for this position