कतारमा सरकारी क्षेत्रमा कार्यरत कर्मचारीलाई ८ दिन छुट्टि

दोहा। कतारले इद अल–अधा (बकर इद) को उपलक्ष्यमा सरकारी तथा सार्वजनिक क्षेत्रमा कार्यरत कर्मचारीलाई आठ दिनको छुट्टि दिने भएको छ।
बुधवार अमिरी दिवानले आउँदो आइतबार १८ जुलाइदेखि अर्को आइतनबार २५ जुलाइसम्मका लागि बिदा दिने घोषणा गरेको हो।
कर्मचारीले २६ जुलाइदेखि नियमित काममा फर्किनुपर्ने अमिरी दिवानकाे सूचनामा उल्लेख छ।
यस्तै, कतारको केन्द्रीय बैक र कतारको अन्य वित्तिय क्षेत्रमा कार्यरत कर्मचारीको विषयमा केन्द्रीय बैकले बिदा निर्धारण गर्ने बताइएको छ।
ताजा अपडेट

प्रवास खबर
बेलायतले नेपालबाट मौसमी कामदार नलैजाने

प्रवास खबर
भैरहवाबाट ढाका उडान सुरु गर्न आग्रह

प्रवास खबर