अमेरिकामा फेरि बढ्न थाल्यो कोरोना संक्रमण

अमेरिकामा फेरि बढ्न थाल्यो कोरोना संक्रमण

वासिङ्टन। अमेरिकामा फेरि कोरोना संक्रमण बढेको छ। खोपको अत्याधिक खपतका बीच पनि यो देशमा कोरोना संक्रमितको संख्या बढेको हो।

मंगलबार मात्र यहाँ २८ हजार ९ सय २३ जनामा संक्रमण पुष्टी भएको थियो। यो तथ्यांक विगत ५६ दिनयताकै उच्च मानिएको छ। यसअघि २१ मेमा संक्रमितको संख्या २९ हजार २ सय पुगेको थियो।

अमेरिकामा हाल जनसंख्याको ४९ प्रतिशत व्यक्तिलाई पूर्ण खोप लगाउने कार्य सम्पन्न भइसकेको छ। यस्तै ७७ प्रतिशतमा खोपको पहिलो डोज लगाउने कार्य सम्पन्न भएको यहाँको स्वास्थ्य विभागले जानकारी दिएको छ।

अमेरिकी सरकारले खोप लगाउने नीतिलाई आक्रामक रुपमा लागु गरेपनि आधा राज्यमा कोरोना संक्रमितको संख्या बढेको छ।

यो सरकारका लागि टाउको दुखाईको कारण बनेको हो। क्यालिफोर्निया, टेक्सास, न्युयोर्क र फ्लोरिडा जस्ता शहरमा संक्रमितको संख्या दिनहुँ बढ्दै गएको छ। ८० नयाँ संक्रमितमा डेल्टा भेरियन्ट फेला परेका छन्।



No ads found for this position