कुवेतमा लुटिए नेपाली श्रमिक

कुवेतमा लुटिए नेपाली श्रमिक साल्मिया प्रहरी स्टेशन कुवेत

कुवेत सिटी । कुवेतमा एक नेपाली श्रमिक लुटिएका छन्।

साल्मिया प्रहरीका अनुसार २९ वर्षीया ती नेपाली श्रमिक ब्लक १०,साल्मिया हुँदै आफ्नो आवासतर्फ फर्कदैं गर्दा अपरिचित व्यक्तिहरूबाट लुटिएका हुन्।

बाटोमा हिंडिरहेको बेला उनलाई एक्कासी रोकेर ती व्यक्तिहरुले उनीसँग भएको वालेट जबर्जस्ती मागेका थिए।

ती व्यक्तिहरुले वालेटमा भएको ६० दिनार र एटिएम कार्ड लुटेर लगेका छन्। एटिएमको पछाडिपट्टि ४ अंकको पासवोड पनि लेखिएको हुनाले ती अभियुक्तहरुले उनको खातामा बाँकी रहेको ४० दिनार समेत निकालेका छन्।

लुटपाटमा संलग्न ती अपरिचित व्यक्तिहरुको खोजी र घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।



No ads found for this position