एनआरएनए घानाको नेतृत्वको जिम्मेवारी पुन: श्रेष्ठको काँधमा

एनआरएनए घानाको नेतृत्वको जिम्मेवारी पुन: श्रेष्ठको काँधमा

घाना । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/ एनसीसी) घानाको नेतृत्व पुन: रोशन श्रेष्ठको काँधमा परेको छ।

११ जुलाइमा सम्पन्न संघको साधारसभाले श्रेष्ठलाई पुनः अध्यक्षको जिम्मेवारी हो ।

साधारण सभाले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा बालकृष्ण निरौला, महासचिवमा रोशन झा, कोषाध्यक्षमा बिकास सुवेदी चुनिएका छन् ।

समितिमा सुमित शर्माले युवा संयोजक र सहसचिवको जिम्मेवारी पाएका छन् । त्यस्तै महिला संयोजकमा सावित्री बुढा मगर चयन भएकी छिन्।

त्यसैगरी कार्यसमिति सदस्यहरुमा सुनिल चौधरी, लक्ष्मी निरौला, करुणा चौहान सुबेदी, रोमकान्त आचार्य र बिनोद दर्लामी चयन भएका छन्।

अधिवेशनले सल्लाहाकार समिति पनि गठन गरेको छ । जसमा बरिष्ठ महिला सल्लाहकारमा कमला पन्त चुनिएकी छिन् । अन्य सल्लाहकारहरुमा दिनेश पाण्डे, होमबहादुर बुढा मगर, रमेश भुसाल र पदम रानालाई चयन गरिएको छ।