एनआरएनए म्यानमारको अध्यक्षमा देवेन्द्र नौलखा निर्विरोध

एनआरएनए म्यानमारको अध्यक्षमा देवेन्द्र नौलखा निर्विरोध

म्यानमार । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/एनसीसी) म्यानमारको अध्यक्षमा देवेन्द्र नौलखा चयन भएका छन्।

हालै सम्पन्न अधिवेशनले आगामी कार्यकालको लागि नौलखाको नेतृत्वमा सिंगो कार्यसमिति नै निर्विरोध चयन गरेको हो।

अधिवेशनले सागर घिमिरेलाई आइसीसी सदस्यम चयन गरेको छ।

नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा सुशिल मोर,द्वितीय उपाध्यमा भेषराज न्यौपाने, महासचिवमा संजय पोख्रेल, सचिवमा राजु पोख्रेल र कोषाध्यक्षमा माेतिलाल रिजाल चयन भएका छन्।

त्यस्तै लेखा समिति संयोजकमा लक्षुमण पौडेल चयन भएका छन् ।

त्यसैगरी नयाँ कार्यसमितिको सदस्यहरुमा बजरंगीलाल चौधरी, शंकर पराजुली, बालकृष्ण गौतम, गोकुल रिजाल र गोविन सुवेदी चयन भएका छन्।

अधिवेशनले डा. बिना सापकोटाको संयोजक्तवमा महिला विभाग समेत गठन गरेको छ । जसको महासचिवमा तारा रिजाल र सचिवमा डा. सोनिया पोख्रेल चयन भएका छन् ।