यूएईमा वर्षकै सबैभन्दा लामो बिदा

यूएईमा वर्षकै सबैभन्दा लामो बिदा

दुबई । यूएई सरकारले इद अल–अधा (बक्र इद) को अवसरमा चार दिनको बिदा दिने भएको छ।

सरकारले ईद अल–अधाको अवसरमा जुल–हिजाह ९ देखि जुल हिजाह–१२ अर्थात् १९ जुलाइ, सोमबारदेखि २२ जुलाइ बिहीबारसम्म बिदा दिने घोषणा गरेको छ।

त्यस लगत्तैका दुई दिन सप्ताहन्त (नियमित बिदा) पर्न गएकोले जुलाई २४ सम्म विदा हुनेछ। यसरी ईदको अवसरमा जम्मा ६ दिन बिदा हुने भएको हो।

२०२१ को लागि यूएईमा यही नै सबैभन्दा लामो बिदा हुनेछ।

बिदा सकिएसँगैै २५ जुलाइ आइतबारदेखि यूएईस्थित सम्पूर्ण कार्यालयहरु नियमित रुपमा सञ्चालन हुनेछन्।



No ads found for this position