टर्कीमा पाकिस्तानी दलालबाट अपहरणमा परेका ६ नेपाली सम्पर्कमा, भन्छन्–हामी सुकुशल छौं

टर्कीमा पाकिस्तानी दलालबाट अपहरणमा परेका ६ नेपाली सम्पर्कमा, भन्छन्–हामी सुकुशल छौं

इस्तानाबुल। टर्कीबाट ग्रीस प्रवेश गर्ने क्रममा अपहरणमा परेका ६ नेपाली युवायुवतीले आफू सकुशल भएको जानकारी प्रवास खबरलाई दिएका छन्। उनीहरूले पाकिस्तानी नागरिकले आफूलाई अपहरण गरेको र कान्छा तामाङको सहयोगमा टर्कीस प्रहरीले उद्धार गरेको बताए।

प्रवास खबरले आइतबार स्थानीय मिडियालाई उध्रृत गर्दै ४ महिला र २ पुरुष गरेर ६ नेपालीलाई टर्कीको इन्सेलरमा बन्दी बनाएको खबर प्रकासित गरेको थियो। घटना एक महिनाअघिको भएको पिडित पक्षले प्रवास खबरलाई जानकारी दिएको हो।

‘टर्कीबाट ग्रीस जाने क्रममा पाकिस्तानीले हामीलाई अपहरण गरेर एक दिन बन्दी बनाए,’ अपहरणमुक्त भएका एक युवाले प्रवास खबरलाई जानकारी दिँदै भने, ‘पाकिस्तानीले अपहरण गरेपछि कान्छा तामाङमार्फत फिरौती रकम माग गरेका रहेछन्। उहाँले यो खबर थाहा पाएपछि टर्कीस प्रहरीमा उजुरी दिनुभयो। यसपछि टर्कीस प्रहरीको अपरेशनमा हामी अपहरणमुक्त भएका हौं।’

उनले मिडियाहरूमा प्रकासित भएजस्तै कान्छा तामाङले आफूहरूबाट लेनदेन नभएको स्पस्ट पारे। ‘अहिले हाम्रो अवस्था राम्रो छ। घरपरिवार तथा इस्टमित्रलाई तनाव नलिन आग्रह गर्दछु,’ उनले भने।