ओमनमा एकसाता लामो बिदा हुने

मस्कट । ओमन सरकारले इद अल–अधा (बक्र) इदको अवसरमा एक साता लामो बिदा दिने भएको छ।
ओमनका सम्राट सुल्तान हैथाम बिन तारिकको शाही आदेश बमोजिम इदको अवसरमा १८ जुलाइदेखि २२ बिहिबारसम्म बिदा दिइने निर्णय भएको छ। शुक्रबार र शनिबार हप्तान्त भएकोले सोसहित बिदा लामो हुन गएको हो।
सो बिदा सरकारी, सार्वजनिक तथा निजी क्षेत्रका संघ(संस्था, कम्पनी तथा सम्पूर्ण श्रमिकको हकमा लागू हुनेछ।
यो नियमसँगै ओमनमा रहेका नेपाली श्रमिकहरुले पनि एक साता लामो बिदा पाउने भएका छन्।
सो विदापछि ओमनका सम्पूर्ण कार्यालयहरु २५ जुलाइ, आइतवार मात्रै सञ्चालन हुनेछन्।
त्यस्तै, रोजगारदाता र श्रमिकहरूको आपसी सहमतिमा यस विदाको सट्टामा क्षतिपूर्ति (विदामा काम गरेवापतको अतिरिक्त भत्ता) गर्न चाहेमा सो गर्न सकिने बताइएको छ।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर
महाकुम्भमा पुगे ५० करोड भक्तजन

प्रवास खबर