एनआरएनए लक्जेम्बर्गकाे नेतृत्वमा पुनः हरि खत्री निर्विरोध

एनआरएनए लक्जेम्बर्गकाे नेतृत्वमा पुनः हरि खत्री निर्विरोध

लक्जेम्बर्ग । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/एनसीसी)  लक्जेम्बर्गको नेतृत्वमा पुनः हरि खत्री चयन भएका छन्।

हालै सम्पन्न अधिवेशनले २०२१–०२३ कार्यकालको लागि खत्रीको अध्यक्षतामा सिंगो कार्यसमिति नै सर्वसम्मत चयन गरेको हो।

अधिवेशनबा६ बालकृष्ण सापकोटाआइसीसी सदस्यमा चुनिएका छन्।

नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा रमाकान्त शर्मा, उपाध्यक्षमा बिमल बाबु उपाध्याय, महिला उपाध्यक्षमा शकुन्तला भट्टराई, महासचिवमा बालहरी राई, सचिवमा विष्व थापा, सह–सचिवमा युद्धबहादुर थापा, कोषाध्यक्षमा नारायण प्रसाद दवाडी र सहकोषाध्यक्षमा विष्णु खत्री चयन भएका छन्।

अधिवेशनले झलक बहादुर महतलाई प्रवक्ता, नवज्योत निउेरलाई युवा संयोजक र दुर्गा केसी थापालाई महिला संयोजकको जिम्मेवारी दिएको छ।