मेसीको सपना पुरा, अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि

रियो। अर्जेन्टिनी कप्तान लिओनल मेसीको कोपा अमेरिका कप जित्ने सपना पुरा भएको छ। आफ्नो कप्तानीमा दुई पल्ट फाइनल पुगेर पनि देशलाई क्षेत्रीयस्तरको ठूलो प्रतियोगिता जिताउन नसकेका मेसी तेस्रो प्रयासमा सफल भएका हुन्।
घरेलु ब्राजिलविरूद्ध नेपाली समयअनुसार बिहान भएको फाइनल खेलमा एञ्जल डि मारियाको गोलमा अर्जेन्टिना १–० ले विजयी भएको हो। एनले २२ औं मिनेटमा निर्णायक गोल गरेका थिए।
अर्जेन्टिनाले कोपा अमेरिका २८ वर्षपछि जितेको हो। पछिल्लो पल्ट यो देशले १९९३ मा उपाधि चुमेको थियो। देशका लागि भने मेसीको यो पहिलो अन्तर्राष्ट्रिय ट्रफी हो।
अर्जेन्टिनाले २०२१ के कोपा अमेरिका कपको उपाधि जितेर उरुग्वेको कीर्तिमानलाई बराबरी गरेको छ। उरुग्वे यसअघि सबैभन्दा बढी १५ पल्ट कोपा अमेरिकाको विजेता थियो। ब्राजिलले ९ पल्ट उपाधि जितेको छ।
मेसीले १६ वर्ष लामो आफ्नो फुटबल करिअरमा १० पल्ट ला लिगा, ४ पल्ट च्याम्पियन्स लिग र ६ पल्ट विश्वको सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए। तर, अन्तर्राष्ट्रिय खेलमा उनको यो पहिलो उपाधि थियो।
उनले २००५ मा अर्जेन्टिनाबाट डेब्यू गरेका हुन्। सन् २०१५ र २०१६ मा उनको कप्तानीमा अर्जेन्टिना फाइनल पुगेर परााजित भएको थियो।
यसपालिको प्रतियोगितामा ३४ वर्षीय मेसी सबैभन्दा बढी ६ पल्ट कोपा अमेरिका खेल्ने खेलाडी बनेका थिए उनको यो ३४ औं खेल थियो। उनले चिलीका सर्जियो लिविङस्टोनको सवैभन्दा बढी कोपा अमेरिका खेल्ने कीर्तिमानलाई बराबरी गरेका हुन्।
मेसीले प्रतियोगितामा १३ गोल गरेका छन्।
ताजा अपडेट

आजबाट आईपीएल सुरु

भारतबाट घर फर्किनेमा देखिन थाल्यो कोरोना

श्रम स्वीकृति अब स्थानीय तहबाटै

४३ सयभन्दा बढी अफगान शरणार्थी घर फर्किए
