६ महिनाभित्र कतार प्रवेश गर्ने नेपालीलाई ‘इन्ट्री परमिट’ नचाहिने

६ महिनाभित्र कतार प्रवेश गर्ने नेपालीलाई ‘इन्ट्री परमिट’ नचाहिने दोहा,कतार

दोहा । घरविदामा नेपाल गइ कोभिडका कारण अड्किएका नेपाली ६ महिनाभित्र सहजै कतार फर्किन पाउने भएका छन् ।

आवसीय भिसा प्राप्त तथा वर्क (श्रमिक) भिसा वाहकले ६ महिनाभित्र कतार फर्किदा अपवाद प्रवेश अनुमति ( एक्सेप्सनल ‘इन्ट्री परमिट’ नचाहिने भएको हो ।

यो नियम १२ जुलाइबाट कार्यान्वयनमा आउने बताइएको छ । यसअघि कतारले कोरोना महामारीको बीचमा फर्किनेले अनुमति लिनुपर्ने व्यवस्था लागू गरेको थियो ।

विमानस्थल पासपोर्ट विभाग अन्तर्गतका प्रशासनिक मामिला प्रमुख मेजर अब्दुल्लाह अल–जास्मिले सोमबारदेखि अनुमति नचाहिने जानकारी दिएका छन् ।

उनले स्थानीय सञ्चार माध्यमालाई जानकारी दिँदै भनेका छन्,‘यदि कतारको वैधानिक आवासीय अनुमति छ र, उनीहरु कतार बाहिर ६ महिनाभन्दा कम समय बसेको छन् भने ‘एक्सेप्सनद इन्ट्री परमिट’ विना नै कतार प्रवेश गर्न पाउनेछन्।’

त्यस्तै विशेष परिस्थितिले ६ महिना कतार बाहिर बस्नु परेका कारण आवासीय अनुमति (आइडी कार्ड) को म्याद समाप्त भएका पनि आवश्यक प्रक्रिया पूरा गरेर कतार फर्किन पाउनेछन् । त्यस्ता व्यक्तिले कतारको इ–गगभर्मेन्ट वेबसाइट ‘हुकूमि’ वा ‘मेट्रास’ मार्फत  प्रक्रिया पूरा गरी शुल्क तिर्नुपर्नेछ।