कतारले पारिवारिक र भ्रमण भिसा जारी गर्ने

दोहा। कतारले १२ जुलाईदेखि लागु हुने गरी पुनः पारिवारिक र टुरिस्ट भिसा जारी गर्ने भएको छ।
सरकारले हालै स्वीकृत गरेको यात्रा नीतिभित्र रहेर पारिवारिक र टुरिस्ट भिसा कार्यान्वयन गराउन लागेको हो।
कतारको आन्तरिक मन्त्रालयका अनुसार यात्रीले कतारमा भूमि, समुन्द्री वा हवाइमार्गबाट प्रवेश गर्दा स्वास्थ्य मन्त्रालयले निर्दिष्ट गरेका आवश्यक मापदण्ड पालना गर्नु पर्नेछ। कोभिड–१९ प्रसारलाई रोक्न स्वीकृत खोप र क्वारेन्टाइनको प्रक्रियासमेत पालना गर्नु पर्नेछ।
यसै सन्दर्भमा आन्तरिक मन्त्रालयका अधिकारीले दरखास्त प्रक्रिया शुरु गर्नुअगावै कतारले निर्दिष्ट गरेका मापदण्ड एवं प्रक्रियाको अवलम्बन गर्न आग्रह गरेका छन्।
ताजा अपडेट

प्रवास खबर
कांग्रेसभित्र ‘ढुस्सिएको’ सनातनी समस्या

प्रवास खबर
एनआरएनएका केन्द्रीय सचिव गुरुङ सम्मानित

प्रवास खबर