मान्यता प्राप्त खोप लगाएका नेपाली कतारमा क्वारेन्टाइन बस्नु नपर्ने

मान्यता प्राप्त खोप लगाएका नेपाली कतारमा क्वारेन्टाइन बस्नु नपर्ने फाइल फोटो

दोहा । कतारले नयाँ यात्रा नीति जारी गरेको छ । नयाँ मापदण्ड अनुसार कोभिड–१९ विरुद्धको दुवै खोपको मात्रा लगाएका नेपालीलगायत विदेशी नागरिकले कतार प्रवेश गरेपछि क्वारेन्टाइन बस्नु पर्नेछैन।

यो नियम १२ जुलाइबाट लागू हुनेछ । कतारले फाइजर, मोर्डेना, जोन्सोन एण्ड जोन्सन, एस्ट्राजेनिका खोपलाई मान्यता दिएको छ । यीमध्ये कुनै पनि खोप लगाएका व्यक्ति क्वारेन्टाइनमा बस्नु पर्देन । खोप लगाएको अवधि १४ दिन पुगेको हुनेपर्नेछ ।

कतार प्रवेश गर्नुअघि ७२ घण्टाभित्र गरिएको पीसीआर परिक्षणको नेगेटिभ रिपोर्ट साथमा हुनुपर्ने छ । त्यस्तै फर्किनुपूर्व १२ घण्टाअघि ‘एह्तेराज एप’मा आफ्नो यात्रा रजिस्टर गर्नुपर्नेछ ।