कुवेतमा १७ दिनको अवधिमा ६० हजार श्रमिकले खोप लगाए

कुवेतमा १७ दिनको अवधिमा ६० हजार श्रमिकले खोप लगाए

कुवेत सिटी । कुवेतमा पछिल्लो १७ दिनको अवधिमा ६० हजारले कोभिडविरुद्धको खोप प्राप्त गरिसकेका छन्।

कोभिडविरुद्धको खोपको घुम्ती खोप अभियानका प्रमुख डा. दिना अल–धाबिबले घुम्ती खोप अभियानको चौथो चरणमा कम्तीमा ६० हजार व्यक्तिले खोप प्राप्त गरिसकेको बताएका छन्।

कोभिडविरुद्ध घुम्ती खोप अभियानको चौथो चरण २१ जुनमा सुरु भइ १७ दिनसम्म सञ्चालन भएको थियो।

ग्याँस स्टेशन, सुरक्षा तथा गार्ड कम्पनी, सार्वजनिक यातायात, रेष्टुरेन्ट, पोर्ट र नेभिगेसन कम्पनीका श्रमिकहरुलाई लक्षित गरी सो खोप अभियानको चौथो चरण सञ्चालन गरिएको बताइएको छ।

अल–धाबिबले प्रेस विज्ञप्तिमा यो कदमले देशमा खोप र प्रतिरक्षाको गतिलाई तीव्रता दिने बताएका छन्।

त्यसैगरी जनतालाई खोप प्रदान गर्न देशभर दशवटा नयाँ खोप केन्द्रहरु स्थापना गर्ने तयारी भइरहेको र यससँगै देशभरमा खोप केन्द्रको कुल संख्या ४० पुग्ने बताइएको छ। एउटा खोप केन्द्रमा एकदिनमा खोपको एक हजार डोजसम्म प्रदान गर्न सकिने बताइएको छ।