आफ्नै घरमा काम गर्ने कामदारको हत्या अभियोगमा एक कुवेती महिलालाई १० वर्ष जेल

कुवेत सिटी । कुवेतको फौजदारी अदालतले एक कुवेती महिलालाई आफ्नै घरमा कार्यरत कामदारको हत्या गरेको अभियोगमा कडाश्रम सजायसहित १० वर्षको जेल सजाय सुनाएको छ।
अदालतका न्यायाधीश मुतिब अल–अर्धिको नेतृत्वमा रहेको न्यायाधीश टोलीले सो सजाय सुनाएको कुवतेबाट प्रकाशित सञ्चार माध्यमले जनाएका छन्।
सो अदालतले ती महिलालाई मानव बेचबिखनमा संलग्न रहेको समेत आरोप लगाएको छ।
अदालतले उनका श्रीमानलाई समेत दोषी ठहर गर्दै उनलाई पनि कडा श्रमकैद सहितको एक वर्षको जेल सजाय सुनाएको छ।
ताजा अपडेट

प्रवास खबर
कोरोना संक्रमणबाट एकै दिन ५ जनाको मृत्यु

प्रवास खबर