प्रवेश अनुमति नखुल्दा यूएई जाने श्रमिक रोकिए

प्रवेश अनुमति नखुल्दा यूएई जाने श्रमिक रोकिए

काठमाडौं । कोरोना संक्रमणका कारण संयुक्त अरब इमिरेट्स (यूएई) मा रोजगारीका लागि जान ठिक्क परेका २९ हजार नेपाली कामदार राेकिएका छन्।

यूएईस्थित नेपाली दूतावासकी श्रम सहचारी निर्मला थापाले यूएई सरकारले २९ हजार कामदारको मागपत्र स्वीकार गरिसकेको तर, कोरोनाका कारण रोकिएको जानकारी दिइन।

वैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको भर्चुअल बैठकमा थापाले भनिन्, ‘यूएईले जुलाइसम्म कामदार नल्याउने नीति लिएको छ।’ उनले यही कारण बिदामा नेपाल आएका कामदारलाई फर्काउन पनि समस्या भइरहेको बताइन्।

यूएईमा रोजगारीको लागि हाल कसैलाई भिषा जारी नगरेका कारण खोप लाउने नलाउने विषयमा निर्णय नभएको उनले खुलासा गरिन्

यूएईमा हाल वाइडबडी जहाजले उडान भरिरहेको हुँदा त्यहाँ निधन भएको नेपालीको खासै समस्या नरहेको पनि उनले बताइन्। ‘अहिले यहाँ कोरोनाका कारण निधन भएका एक जना नेपालीको मात्र शव बाँकी छ। अरु सबै फर्काउने काम सम्पन्न भइसकेको छ,’ उनले भनिन्।