रुसमा विमान दुर्घटना, २८ को निधन

रुसमा विमान दुर्घटना, २८ को निधन

मस्को। रुसमा मंगलबार हवाई दुर्घटनामा २८ जनाको निधन भएको छ। रुसी सरकारी मिडियाका अनुसार मर्नेमा २२ यात्रु तथा ६ कर्मचारी समावेश थिए।

स्थानीय मिडियाका अनुसार सानो विमान रुसको कामचाटको एउटा सानो गाउँ पालनामा अवतरण गर्ने तयारीमा थियो। तर, ल्याण्ड गर्न १० किलोमिटर अगावै विमानको ट्राफिक कन्ट्रोलसँग सम्पर्क टुटेको थियो।

पछि पालना एयरपोर्टभन्दा ४ किलोमिटर अगाडी समुन्द्रमा विमानको पाटपुर्जा फेला परेको थियो। विमान पहाडमा ठोकिएर तल झरेको बताइएको छ।

उद्धारका लागि सरकारले एमआई–८ हेलिकोप्टरसँगै उद्धार टोलीलाई पठाएको छ। प्रधानमन्त्री मिखाइल मिसुस्तिनले घटनाको निश्पक्ष छानवीनका लागि कमिटी गठन गर्न आदेश दिएका छन्।