साइप्रसमा इतिहासकै ठूलो आगलागी, ५० स्क्वायर किमी क्षेत्र ध्वस्त

साइप्रसमा इतिहासकै ठूलो आगलागी, ५० स्क्वायर किमी क्षेत्र ध्वस्त

साइप्रस।साइप्रसमा भीषण आगलागी हुँदा दक्षिणी पहाडको जंगल नस्ट भएको छ। वन विभागका निर्देशक चारलाम्बोस अलेक्जेन्ड्रोका अनुसार साइप्रसको इतिहासमा यो अहिलेसम्मकै ठूलो आगलागी हो।

सन् १९४७ मा यस्तै प्रकारको घटना भएको थियो। आगलागीमा इजिप्टका चार नागरिकको निधन भएको छ।

आगलागीका कारण ५० स्क्वायर किलोमिटर क्षेत्र ध्वस्त भएको छ। इजरायल र इटालीले आगो निभाउन सहयोग गरिरहेका छन्। यो घटनामा ६७ वर्षका एक व्यक्ति पक्राउ परेका छन्।

उनीमाथि जंगलभित्र घासमा आगो लगाएको आरोप छ।

आगोबाट ९० किलोमिटरसम्मको क्षेत्र प्रभावित भएको छ।