कुवेत : इदको पहिलो दिन २० जुलाइमा

कुवेत सिटी। यस बर्षको इद अल अधा (बक्र इद) २० जुलाइ मंगलबार पर्न गएको छ। डा. अल–उजैरिले अल–उजैरी खगोलशास्त्रीय पात्रोअनुसार जुलाइ ११ आइतबार धु अल–हिजाहको पहिलो दिन पर्न गएको छ।
पात्रोअनुसार १० जुलाइ शनिबारका दिन साँझ ६ बजेर ५१ मिनेटमा सूर्यास्त हुने छ भने सोही राती आकाशमा क्रिष्सेन्ट (चन्द्रमा) देखिने छ।
इस्लामिक पात्रोअनुसार धु अल–हिजाहको नवौं दिन आर्फत् पर्ने बताइएको छ। त्यसैगरी धु अल–हिजाहको दशौं दिन जुलाई २० मंगलबार पर्न गएकोले सोही दिन नै ईद अल–अधा पर्नेछ।
वैज्ञानिक ढङ्गबाट चन्द्रमाको अवस्थिति एवं खगोलशास्त्रीय गणनाको आधारमा यस पवित्र पर्व जुराईने बताइएको छ।
डा. अल–उजैरिले इद अल–अधाको अवसरमा कुवेतका सम्राट, प्रधानमन्त्री एवं सम्पूर्ण कुवेती जनतालाई बधाई ज्ञापन गरेका छन्।
No ads found for this position
ताजा अपडेट

प्रवास खबर
आज कतिमा हुँदैछ विदेशी मुद्राको कारोबार ?

प्रवास खबर