कार्की समूहले चुनावी मैदान छोडेपछि एनआरएनए कतारको नेतृत्वमा मुक्तदा निर्विरोध

कार्की समूहले चुनावी मैदान छोडेपछि एनआरएनए कतारको नेतृत्वमा मुक्तदा निर्विरोध

दोहा । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/एनसीसी) कतारको अध्यक्षमा पुनः मोहम्मद मुक्तदा मुलमान निर्वाचित भएका छन्। उनी संघको आगामी कार्यकालको लागि निर्विरोध अध्यक्षमा चुनिएका हुन् ।

अध्यक्ष मुक्तदाले कोभिड–१९ को कारण आफ्ना धेरै काम अधुरो रहेको र त्यो पूरा गर्न निरन्तरता चाहेका थिए।

आगामी कार्यकालका लागि उनीसँगै नेकपा एमाले (ओली निकट) का चूडामणी कार्कीकाे अध्यक्षमा उम्मेदवारी परेकाे थियाे।

तर, निर्वाचन समितिले उम्मेदवारी फिर्ता लिन दिएको समयअवधि अगावै कार्कीले मैदान छोडेपछि मुक्तदा निर्विरोध अध्यक्षमा चुनिएका हुन् । मुक्तदासँगै उनको समूहका अधिकांश पदाधिकारी निर्विरोध निर्वाचित भएका छन्।

चुनावी परिणाम आफ्नो पोल्टा पर्ने सम्भावना न्यून भएपछि कार्की समूह पछाडी हटेकाे थियाे।

निर्वाचन समिति संयोज रमेश भट्टद्वारा सार्वजानिक मनोनयन दर्ताको अन्तिम नामावली अनुसार अब कतारमा सह–कोषाध्यक्ष पदका लागि मात्रै निर्वाचन हुनेछ । सह–कोषाध्यक्षका लागि मिनराज वाग्ले , झबिन्द्र आचार्य र बालकृष्ण न्यौपाने चुनावी मैदानमा होमिने छन् ।

कतारबाट आइसीसी सदस्यमा नरेश श्रेष्ठ , सरिता भण्डारी पौडेल, टंक बहादुर खड्का (कुमार) ,अर्षद हुसेन मुसलमान , पूर्ण बहादुर पोखरिया, रामु रेग्मी (कुमार) र तेज कटुवाल निर्वाचित भएका छन् । उनीहरु सातै जना निर्विरोध चुनिएका हुन्।

त्यस्तै नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा जैवी राई , द्धितिय उपाध्यक्षमा प्रेम चलाउने, महिला उपाध्यक्षमा अम्बिका खत्री चयन भएका छन्।

त्यसैगरी महासचिवमा पदम गिरी, सचिवमा रबिन थापा मगर र दिपजंग शाह र कोषाध्यक्षमा बिनोद प्रसाद बसौला निर्वाचित भएका छन्।

नयाँ कार्यसमितिमा नानू घले ब्लोनले निर्विरोध महिला संयोजकको जिम्मेवारी पाएकी छिन् । युवा संयोजकमा डेक बहादुर भारती निर्वाचित भएका छन्।

लेखा समिति सदस्यमा टिकाराम गौतम (अमित) र गणेश भट्टको चयन भएका छन्।

नयाँ कार्यसमितिमा तारानाथ बास्तोला (पवन), सेवक बि.क, खडक बहादुर पा फागो, नारायण प्रसाद ढुङगांना, मुखतार आलम, सन्तोष पौडेल, ओम बहादुर क्षेत्री (सन्तोष), बिष्णु बहादुर खड्का, सबिन्द्र श्रेष्ठ, गजेन्द्र राई, एकराज कट्वाल, मोहम्मद इनजाद आलम, अब्दुल खालिक शेख ,दिनेश खत्री, जय प्रकाश यादव, मोहम्मद मेराजुद्दीन, रामबाबु यादव र अगन्धर देवकोटाले सदस्यको जिम्मेवारी पाएका छन् ।

संघको नवौँ राष्ट्रिय महाधिवेशन ९ जुलाइमा तय भएको छ।