यूएईमा जेहेनदार विदेशी विधार्थीलाई ‘गोल्डेन भिसा’ को अवसर

यूएईमा जेहेनदार विदेशी विधार्थीलाई ‘गोल्डेन भिसा’ को अवसर

दुबई। युनाइटेड अरब इमिरेट्स (यूएई) ले आफ्नो देशमा उच्च शिक्षा हासिल गर्न चाहने विधार्थीको परिवारलाई १० वर्षको गोल्डेन भिसा उपलब्ध गराउने भएको छ।

यूएई सरकारले सोमबार यसको घोषणा गर्दै विदेशमा उच्च शिक्षा हासिल गर्न चाहने विधार्थीका लागि लोभलाग्दो ‘अफर’ सार्वजनिक गरेको हो।

सरकारले प्रतिभाशाली विदेशी विधार्थीलाई लोभ्याउन यस्तो ‘अफर’ अगाडी सारेको बताइएको छ। यहाँ अध्ययन गर्न चाहने विधार्थीले इमिरेट्स स्कुलमा आवेदन दर्ता गर्न सक्नेछन्।

सरकारले राम्रो ग्रेड ल्याएका प्रतिभाशाली विधार्थीका लागि मात्र यस्तो ‘अफर’ अघि सारेको हो।

यसमा ‘प्लस टु’ गरेका विधार्थीले ९५ प्रतिशत अंक ल्याउनु पर्ने उल्लेख छ। यस्तै, विश्वविधालयका विधार्थीले भने ३ दशमलव ७५ प्रतिशत अंक ल्याउनुपर्ने उल्लेख छ।