यूएईमा सोमबार ४९ डिग्रीसम्म गर्मी बढ्न सक्ने

यूएईमा सोमबार ४९ डिग्रीसम्म गर्मी बढ्न सक्ने

दुबई। युनाइटेड अरब इमिरेट्स (यूएई) मा कार्यरत नेपालीका लागि आजको दिन पनि गर्मीमय हुनेछ।

यूएईको राष्ट्रिय मौसम विभागका अनुसार सोमबार यहाँको तापक्रम घटीमा ४५ डिग्री तथा अधिकमा ४९ डिग्री रहने बताएको छ। समुन्द्री सतह नजिक भने ४० देखि ४५ डिग्रीको नजिक तथा हिमाली क्षेत्रमा ३३ देखि ३८ डिग्री गर्मी हुने बताइएको छ।

मध्यपूर्वमा गत सातादेखि तापक्रम उच्च बिन्दुमा गएको छ। यसले गर्दा यहाँ काम गर्ने नेपालीलगायत अन्य देशका कामदारलाई काम गर्न कठिन बनेको छ।

सरकारले मध्यपूर्वमा बढ्दो तापक्रमलाई लिएर यसअघि नै एउटा नीति अवलम्बन गरेको थियो। जसअनुसार उच्च गर्मीमा कामदारलाई काम लगाउन प्रतिबन्ध लगाइएको छ। तर, लुकीछुपी केही कम्पनीले कामदारलाई काम लगाएको र सरकारले यस्ता कम्पनीविरूद्ध कडा कार्यवाही गर्ने चेतावनी पनि दिइसकेको छ।