गाईमा प्लास्टिक पचाउन सक्ने अद्भूत क्षमता

गाईमा प्लास्टिक पचाउन सक्ने अद्भूत क्षमता

काठमाडौं। गाईमा प्लास्टिक पचाउने अद्भूत क्षमता भएको वैज्ञानिकहरूको एउटा सोधबाट पुष्टी भएको छ। अस्ट्रेलियाको युनिभर्सिटी अफ नेचुरल रिर्सोसेज एण्ड लाइफ साइन्सका वैज्ञानिकले गाईको पेटमा जीवाणुको यस्तो समूह भएको पत्ता लगाएका छन्, जसका कारण प्लास्टिक पनि पचाउन उनीहरू सफल भएको बताइएको छ।

गाईको ‘रुमेन रेटिकुलम’ मा यस्तो जीवाणुको समूह हुन्छ, जसले खाना पचाउने काम गर्छ। ‘रुमेन रिटिकुलम’ गाईको पाचनतन्त्रको एउटा भाग हो।

यसमा रहने जीवाणुले तीन किसिमको प्लास्टिक पचाउनसक्ने क्षमता राख्छ। यी प्लास्टिकमध्ये पहिलो हो, टेराफथेलेट। यो एक प्रकारको सेन्थेटिक पोलिमर हो, जसको प्रयोग प्याकेजिङ र टेक्सटाइल उद्योगमा हुने गरेको छ।

यस्तै, दोस्रो प्लास्टिक हो, पोलिब्युटिलिन एडिपेट टेरेफ्थेलेट। यसको प्रयोग प्लास्टिक ब्याग बनाउन प्रयोग हुन्छ। तेस्रो प्लास्टिक हो, पोलिथिलिन फ्युरानोएट।

वैज्ञानिकले ‘स्लटर हाउस’ मा रुमेनको ‘लिक्विड’ मार्फत तीन प्रकारको प्लास्टिकमा प्रयोग गरेका थिए। जसमा यी जीवाणुले तीनै प्रकारको प्लास्टिकलाई टुक्रा टुक्रा पारेका थिए।

अस्ट्रेलियामा भएको यो प्रयोग सानो ल्याबमा थियो। वैज्ञानिकहरू ठूलो स्तरमा यसको रिसर्च गर्ने अभियानमा जुटेका छन्।