आमिर खानले तेस्रो बिहे गर्ने, फातिमासँग चक्कर चलाउँदै

आमिर खानले तेस्रो बिहे गर्ने, फातिमासँग चक्कर चलाउँदै

दिल्ली।बलिउडका ‘मिस्टर पर्फेक्सनिस्ट’ आमिर खानले १५ वर्ष लामो आफ्नो बैवाहिक जीवन अन्त्य भएको घोषणा गरेसँगै उनको र अर्को युवतीबीचको सम्बन्धले पुनः चर्चा पाएको छ।

५६ वर्षीय आमिरले किरन रावसँगको डेढ दशक लामो बैवाहिक सम्बन्ध शनिबार टुँगिएको घोषणा गरेका थिए। दुबैले संयुक्त विज्ञप्ती सार्वजनिक गर्दै सामाजिक उत्तरदायित्व तथा परिवार पाल्ने कुरामा सँगै हुने बताएका थिए।

४७ वर्षीय किरनसँग आमिरको दोस्रो विवाह थियो। उनले पहिलो श्रीमती रिना दत्तसँग पनि १६ वर्ष लामो बैवाहिक सम्बन्ध तोडेर किरनसँग विवाह गरेका थिए।

आमिरको पछिल्लो विवाह तोडिनुमा ‘दंगल गर्ल’ फातिमा साना शेख रहेको बताइएको छ। बलिउड श्रोतलाई उल्लेख गर्दै सिटी टाइम्सले प्रकासित गरेको समाचारमा २९ वर्षीय फातिमासँग केही समयदेखि आमिरले गोप्य रुपमा सम्बन्ध बनाएका थिए।

‘आमिरले फातिमासँग विवाह गर्ने मन बनाएका छन्,’ न्युजमा भनिएको छ। उनीहरू केही समयदेखि सम्बन्धमा थिए। सन् २०१८ मा रिलिज भएको ‘ठ्ग्स अफ हिन्दुस्तान’ बक्स अफिसमा नराम्रोसँग फ्लप भएपछि आमिरको सम्बन्ध फातिमासँग झन् गहिरो भएको बताइएको छ।

सन् २०१६ मा आमिर खान पहिलो पल्ट बलिउडको पार्टीमा फातिमासँग हात जोडेर हिडेको देखिएका थिए।